‘वार्ताको हल्ला गराएर सरकारले झुटको खेती गरिरहेको छ ‘

२०७३ जेष्ठ १२ गते, बुधबार

काठमाडौं, जेठ १२ । मधेसी मोर्चाका संयोजक तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताका लागि पत्र पठाएकोबारे आफूलाई जानकारी नभएको बताएका छन । यसअघि मोर्चाले सरकारले वार्ताका लागि पत्र पठाएकोबारे जानकारी नभएको भन्दै आफूहरुसँग वार्ताको वातावरण बनाउने विषयमा भएको सहमति कार्यन्वयन नहुँदासम्म वातार्मा नबस्ने जनाएको थियो । सरकार मधेसको माग सम्बोधन गर्न गम्भीर नदेखिएको भन्दै ठाकुरले सन्चारमाध्यममा वार्ताको हल्ला गराएर सरकारले झुटको खेती गरेको आरोप लगाए । सरकारले मन्त्रिपरिषद बैठकबाट वार्ताका लागि आह्वान गर्दै सोमबार राति मोर्चालाई पत्र पठाएको थियो । मोर्चाभित्रै गठबन्धनबीच कुरा नमिलेर वार्तामा नगएको कुरालाईसमेत अध्यक्ष ठाकुरले खन्डन गरे । बैठकबारे प्रधानमन्त्रीले आफूसँग परामर्श नगरेको दाबी गर्दै उनले अनौपचारिक तवरमा प्रधानमन्त्री र मोर्चाका नेताहरुबीचमात्रै छलफल गर्ने कुरा भएको जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु