आज नवौं गणतन्त्र दिवस

२०७३ जेष्ठ १५ गते, शनिबार

काठमाडौं, १५ जेठ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि आठौं वर्ष पूरा भएर नवौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । वि.सं. २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । गणतन्त्र स्थापनाको दशक हुन लाग्दा पनि मुलुकमा राजनीतिक संक्रमण यथावत रहेको छ भने जनजिविकाका सवालमा कुनै परिवर्तन हुन सकेको छैन । जनताको जीवन दिनप्रतिदिन कष्टकर बनिरहेको छ भने धनी र गरीबबीचको खाडल झन् ठूलो बन्दै छ । सत्ता राजनीतिक किचलो र झगडा अझै सकिएको छैन ।

प्रतिक्रियाहरु