संघीय गठबन्धन आन्दोलनको समीक्षा गर्दै

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौ, १४ जेठ । संघीय गठबन्धन आन्दोलनको समिक्षा र नयाँ आन्दोलनको कार्यक्रमबारे छलफल गर्न बैठकमा बस्दैछ । बैठकमा आन्दोलनको समीक्षा पनि हुनेछ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफ्ना सर्त पुरा नगरेसम्म वार्तामा नजाने विषयमा प्रष्ट भएपनि केही विषयमा धारणा बनाउनुपर्ने भएकाले बैठक बस्न लागेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन तीन पटक आह्वान गरेपनि गठबन्धन वार्तामा गएको छैन । आज दिउँसो ३ बजे संघीय समाजवादीको कार्यालय काठमाडौको तीनकुनेमा बोलाइएको बैठकमा भावी आन्दोलनका कार्यक्रममा विषयमा पनि छलफल हुनेछ । मोर्चाले काठमाडौ केन्द्रित आन्दोलन जारी राखेपनि त्यसको प्रभाव देखिएको छैन ।
भोली सकिने राजधानी केन्द्रीत बैठको समिक्षा र दोस्रो चरणको आन्दोलनको तयारीका लागि संघीय समाजवादी फोमको कार्यालयमा बैठक बस्न लागेको हो । भोली राजधानी केन्द्रीत आन्दोलन सकेपछि गठबन्धनले १६ गते वीरगञ्ज र १७ गते पोखरामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । १८ गतेबाट अर्को चरणको आन्दोलनको तयारी गठबन्धनले गरेको छ ।

प्रतिक्रियाहरु