अर्थ

खाद्य संस्थानले दसैंका लागि खसीबोका भित्र्याउने

काठमाडौँ, १५ भदौ । नेपाल खाद्य संस्थानले दसैंमा काठमाडौँका उपत्यकामा मासुको आपूर्तिका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले एक हजार ५०० खसीबोका र एक हजार ५०० च्याङ्ग्रा खरिद गर्ने बताए । संस्थानले खसीबोका सिरहाको लहानस्थित अञ्चल कार्यालयबाट ६००, दाङको तुलसीपुरस्थित अञ्चल कार्यालयबाट २००, नेपालगन्जस्थित अञ्चल […]

२०७३ भाद्र १६ गते, बिहीबार

मानवअधिकार आयोगमा मासिक २१ सय डलर तलब खाने कर्मचारी

काठमाडौ, १६ भदौ । मानवअधिकारको संरक्षण र संवर्द्धन गरी पीडितलाई न्याय दिलाउन गठित राष्ट्रिय मानवअधिकार आयोगमा महँगा विदेशी कर्मचारी भित्रिएका छन्। अस्वाभाविक तलबसुविधा पाउने गरी दातृ निकायको तजबिजीमा यसरी कर्मचारी प्रवेश भएपछि आयोगभित्रै असन्तुष्टि बढेको छ। मानवअधिकारका नाममा आउने ठूलो धनराशिको हिस्सा तिनै कर्मचारीका नाममा खर्च हुने भएपछि पदाधिकारीबीचमै असन्तुष्टि बढेको छ। आयोग स्रोतका अनुसार […]

२०७३ भाद्र १६ गते, बिहीबार

जापानद्वारा पौने दुई अर्ब बढी अनुदान सहयोग

काठमाडौँ, १५ भदौ । जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई रु एक अर्ब ८३ करोड २० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा […]

२०७३ भाद्र १५ गते, बुधबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन

काठमाडौ, १५ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला पदाधिकारीविहीन भएको छ । अस्पताल पदाधिकारीविहीन हुँदा कर्मचारी समस्यामा पर्दै आएका छन् । प्रतिष्ठानमा अहिले शिक्षाध्यक्ष डाक्टर धर्मराज श्रेष्ठ मात्र बहाल छन । उप–कुलपति डा पारसकुमार आचार्यको जेठ ११ गते बिदाइ भएको थियो । अस्पताल निर्देशक डाक्टर जावेद अहमद खान पनि झन्डै चार महिनाअघि […]

२०७३ भाद्र १५ गते, बुधबार

करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

काठमाडौ, १४ भदौ । करदाता सेवा कार्यालय चावहिलको आयोजनामा पू“जीगत लाभकर सम्वन्धी करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम चलचित्र विकास वोर्डको हलमा सम्पन्न भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आ.रा.वि.का निर्देशक श्री नरनाथ गिरी, मालपोत कार्यालय चावहिलका प्रमुख मालपोत अधिकृत श्री गोविन्दप्रसाद अधिकारी तथा नेपाल लेखापढी कानून व्यवसायी […]

२०७३ भाद्र १४ गते, मंगलवार

विमानस्थलभित्र चर्को मूल्य

काठमाडौ, १४ भदौ । त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विमानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो । मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले क्लासिक मार्ट, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स र एबीपी […]

२०७३ भाद्र १४ गते, मंगलवार

मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा

काठमाडौं, १३ भदौ । पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत् आयोजनाका कारण मोदीखोलाको किनारमा अवस्थित पर्यटकीय स्थल विरेठाँटीबजार जोखिममा परेको छ । आयोजनाको व्यवस्थापन पक्षले अव्यवस्थित ढङ्गले खोलामा बाँध लगाउँदा पर्यटकीय बजार विरेठाँटीको बस्ती नै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । समयमै बस्तीक्षेत्रको खोलामा बाँध नहाल्दा पर्वतको सिमानामा रहेको कास्कीको दाङसिङ गाविसमा पर्ने पुलपारी विरेठाँटीमा […]

२०७३ भाद्र १३ गते, सोमबार

सुख्खाग्रस्त क्षेत्र घोषणाको माग

काठमाडौँ, १२ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयमा बोल्ने सांसदले भूकम्पपछिको पुनःनिर्माण, बाढी पहिरोबाट क्षति पुगेका जिल्लामा राहत र पुनःस्थापना, स्थानीय तहको पुनःसंरचनालगायतका विषयमा सदनको ध्यानाकर्षण गराए । निजी विद्यालय र बैंकमा काम गर्ने तल्लो तहका कर्मचारी अत्यन्त न्यून तलबमा काम गर्न बाध्य भएको परिस्थितिबारे संसद्लाई जानकारी गराउँदै उनहरुले कपिलवस्तुलगायतका जिल्लामा पानी कम परेर […]

२०७३ भाद्र १२ गते, आईतवार

प्राईम बैंकको हकप्रद सेयर खुल्ला

काठमाडौं, १२ भदौ । प्राईम कर्मसियल बैकको हकप्रद खुल्ला गरेको छ । प्राईम कर्मसियलले एक अर्ब २३ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । बैंकले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी तीन अर्ब ७० करोड ५२ लाख ६२ हजार तीन सय रुपैयाँको तीन बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित […]

२०७३ भाद्र १२ गते, आईतवार

बढी भाडा लिँदा पनि सहन बाध्य

काठमाडौ , ११ भदौ । ललितपुर ठेचोकी सम्झना महर्जनले तीन किमीभन्दा कम दूरीमा माइक्रोबस चढ्दा समेत रु १० तिर्ने गर्नुभएको छ । सरकारले पछिल्लो पटक लागू गरेको भाडा दर अनुसार सार्वजनिक सवारीमा विद्यार्थी छुट सहित न्यूनतम भाडा रु आठ तोकिएको छ । सार्वजनिक सवारीले भने विद्यार्थीसँग न्यूनतम रु १० लिँदै आएका छन् । हरिसिद्धिका सन्तोष […]

२०७३ भाद्र ११ गते, शनिबार