भोलि भोटो जात्रा : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

२०८० जेष्ठ १० गते, बुधबार


काठमाडौँ । गृह मन्त्रालयले भोटो जात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।

 मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउजाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ ।

प्रतिक्रियाहरु