सहिद स्मारक ‘ए’ डिभिजन लिग : थ्रीस्टार र सातदोबाटो भिड्दै

२०८० जेष्ठ ६ गते, शनिबार


काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार थ्री स्टार क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । लिगको दोस्रो लेगको छैटौं चरण अन्तर्गत शनिबार अन्तिम एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ । थ्री स्टार सातौं जितको योजनामा छ । थ्री स्टार १८ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । सातदोबाटो आठौं जितको खोजीमा हुनेछ । सातदोबाटो १८ खेलमा २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । पहिलो लेगमा थ्री स्टारले सातदोबाटोलाई हराएको थियो ।
दशरथ रंगशालामै भएको खेलमा थ्री स्टारले सातदोबाटोलाई १–० ले हराएको थियो । सातदोबाटो भने पहिलो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा छ ।

प्रतिक्रियाहरु