कुहिने र नकुहिने फोहोर नछुटाउनेलाई जरिवाना !

२०७९ असार ९ गते, बिहीबार


काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ । कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको सूचनामा उल्लेख छ । कुहिने र नकुहिने फोहोर नछुट्याए त्यहाँबाट फोहोर नउठाउने पनि महानगरले बताएको छ । महानगरपालिकाले ‘कुहिने’र ‘नकुहिने’ फोहोर छुट्याएर नराखे कारबाही गर्ने स्पष्ट पारेको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरको चेतावनी छ ।
महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन अनुसार कसुर मानी प्रत्येक पटक पाँच रुपैयाँ जरिवाना हुने जनाएको हो । काठमाडौंमा उत्पादन हुने फोहोर हालसम्म छुट्टाएर व्यवस्था हुने गरेको छैन ।

प्रतिक्रियाहरु