बिवाहकाे सामान बोक्ने एम्बुलेन्स नेकपा दार्चुलाको नियन्त्रणमा !

२०७८ मंसिर ८ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले बिवाहकाे सामान बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। दार्चुलाकाे लेकम गाउँपालीकाले खरिद गरेको एम्बुलेन्स चेकजाँच गर्दा बिवाहकाे सामान बोकेको पाइएकोले नियन्त्रणमा लिइएको नेकपा दार्चुलाका सचिब भरत मल्लले बताए । स्थानीयबाट गाउँपालीकाकाे एम्बुलेन्सले जाँड रक्सी लगायत भाडा तिरेर यात्रु अाेसारपसार गर्ने गरेको जनगुनासाे आउन आएकाे भन्दै गएराति चेकजाँच गरिएको थियो । बिरामी बाेक्ने एम्बुलेन्स कतै रक्सी बाेक्न प्रयाेग गरियाे, त कतै भाडामा यात्रु बाेक्न प्रयाेग गरिएको पाईएकोले नियन्त्रणमा लिएर कडा कार्वाही गरिने बताइएको छ । अहिले सु प प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स नेकपा दार्चुलाको नियन्त्रणमा रहेकाे बताइएको छ ।

प्रतिक्रियाहरु