कोरोनाबिरुद्ध सरसफाई अभियान र जनचेतनामुलक कार्यक्रम

२०७८ जेष्ठ २७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले कोभिड १९ बिरुद्ध सरसफाई अभियान र जनचेतना मुलक कार्यक्रमको सुरु गरेको छ। सो कार्यक्रमको उद्घाटन कालिकोटको पचालझरना कोटिला स्कुलबाट गरेको बताइएको छ। नेकपा कालिकोट जिल्ला ईन्चार्ज एबं केन्द्रीय सदस्य बिराट, जिल्ला सेक्रेटरी रणदिपलगायत तखत र लोचन को उपस्थितीमा कोटिलाका ६० घरधुरीलाई साबुनलगायत स्वास्थ्य सामग्री बितरण गरिएको बताइएको छ । उक्त अभियान जिल्लाका सबै एरियामा गर्ने जिल्ला सेक्रेटरी रणदिपले बताए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु