नेवा सम्पदा मास्न लागेका भन्दै प्रदर्शन

२०७७ असार २६ गते, शुक्रबार

काठमाडौं , २६ असार । नेकपा क्रान्तिकारी माओवादी र नेवा राष्ट्रिय मुक्ति मोर्चाले काठमाडौं -निजगढ द्रुतमार्गका लागि अधिग्रहण प्रक्रियामा रहेको खोकनाको जग्गा बिबादको बिरोधमा प्रदर्शन गरेको छ । उनीहरुले बिकास निर्माणको नाममा नेवा सम्पदा मास्न लागेका भन्दै प्रदर्शन गरेका हुन् । बिरोध सभाका सहभागीले भुमी माथि भैरहेको माफियाकरण बन्द , सडक बिस्तार पिडितलाइ क्षतिपुर्ति लगायतका माग गरेका छन ।
असार २० गते खोकनामा खेत रोपाइँ गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि दुबै पक्षबिच झडप भएको थियो । तनावग्रस्त स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो । सरकारले अधिग्रहण गरिसकेको जग्गामा खनजोत र रोपाइँ गर्न खोजिएकाले रोकिएको प्रहरीले जनाएको छ । किसानहरुले भने अधिग्रहण गरेपनि मुआब्जा नपाएको बताउदै आएका छन् ।

प्रतिक्रियाहरु