काेराेनावाट ३,२९, ७३२ को मृत्यु , संक्रमितकाे संख्या ५१ लाखनजिक

२०७७ जेष्ठ ८ गते, बिहीबार

काठमाडाैं, ८ जेठ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आज बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २९ हजार ७३२ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या ५० लाख ९० हजार ६१ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये २० लाख २४ हजार २२उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ६ गुणा बढी हाे ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९४ हजार ९४१ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १५ लाख ९३ हजार ३९ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख ७० हजार ८१२ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख २७ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार ८१५ अवस्था गम्भीर रहेको छ ।
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म रूसमा ३ लाख ८ हजार ७०५ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ९७२ पुगेकाे छ । संक्रमितमध्ये ८५ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख २० हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २१ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ७९ हजार ५२४ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ८८८ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ९६ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५४ हजारमा कोरोना सक्रिय रहेको छ ।
ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या २ लाख ९३ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १८ हजार पुगेकाे छ । संक्रमितमध्ये एक लाख १६ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ५७ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३५ हजार ७०४ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ४८ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ ।
काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३२ हजार ३३० पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २७ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३२ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ६२ हजारमा काेराेना सक्रिय रहेकाे छ भने ७ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ८१ हजार पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार १३२ पुगेको छ । संक्रिमतमध्ये ६३ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९० हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये १ हजार ७९४ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७८ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार २७० पुगेको छ । अहिले त्यहाँ १३ हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ५७ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ५२ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार २२२ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख १४ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३४ हजारमा काेराेना सक्रिय रहेकाे छ ।
इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार १८३ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख २६ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ९८ हजार निकाे भएका छन् । अहिले त्यहाँ २० हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख १२ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ३ हजार ४१४ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ४३ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ६३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
पेरूमा पनि काेराेना संक्रमितकाे संख्या एक लाख ४ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण ३ हजार २४ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये ४१ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ६० हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ५८ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २४९ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९६७ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु