आज ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

२०७६ चैत्र ८ गते, शनिबार

काठमाडाैँ, ८ चैत । आज सबै प्रकारका विभेद विरुद्ध ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस विश्वभरि मनाइँदै छ । नेपालमा पनि आज यस दिवसकाे स्मरण गरिएकाे छ । विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसका कारण याे दिवस ओझेलमा परेको छ ।
तत्कालीन सरकारले काला जातिहरूमाथि दमन गर्न रङ्गभेदी नीति लागु गरेको विरोधमा सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने शहरमा काला जातिहरूले सडक सघंर्ष गरेका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्ष मार्च २१ का दिन अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका रुपमा मनाइने गरिन्छ ।
काला जातिहरुको उक्त सडक संघर्षमा प्रशासनले निर्ममतापूर्वक गोली चलाउँदा ६९ जनाको हत्या भएको र १८० जनाभन्दा बढी आन्दोलनकारीहरू अङ्गभङ्ग भई घाइते भएका थिए । मानव अधिकारको चरम उलङ्घन भएको उक्त घटना पश्चात् संयुक्त राष्ट्रसंघले सन् १९६६ सालमा सबै प्रकारका जातीय विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । जसलाई नेपालले सन् १९७१ मा सो अनुमोदन गरेको हो ।

प्रतिक्रियाहरु