प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार

२०७६ असार २४ गते, मंगलवार

काठमाडौं, २४ असार । महानगरीय प्रहरी प्रभाग ललितपुर भैंसेपाटीबाट डाँका मुद्दाका दुई र एक जना लागूऔषधका अभियुक्त फरार भएका छन् । थुनुवाहरुलाई जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभाव भएका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो । फरार भएकाहरुको खोजी भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्र धानुकले जानकारी दिए । उपत्यकाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरेर उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रियाहरु