अमेरिकी डलर १ सय ९ रुपैयाँ

२०७० भाद्र १३ गते, बिहीबार

काठमाडौं, १३ भदौ- नेपाल राष्ट्रबैंकले अमेरिकी डलरसँगको आजका लागि नयाँ सटही दर अनुसार प्रति अमेरिकी डलर १ सय ८ रुपैया ९० पैसामा बेच्न र १ सय ८ रुपैया ३० पैसामा किन्ने व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुले राष्ट्रबैंकले तोकेको विनिमयदरअनसार नै कारोबार गर्नेछन् ।भारतीय रुपैयाँले अमेरिकी डलरसँग साख गुमाउँदै गएपछि स्थिर विनिमयका कारण त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा देखिएको हो । गत साता मंगलबारदेखि १ सय रुपैयाँबाट उकालो लागेको डलर त्यसयता क्रमशः मजबुत हुँदै आएको छ ।

प्रतिक्रियाहरु