भुटानी शरणार्थी शिविरमा आगलागी

२०७५ मंसिर २३ गते, आईतवार

काठमाडौं , २३ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आएको चिया तथा मिठाइको पसल जलेर नष्ट भएको हो । पसल पुरै जलेर नष्ट हुँदा रु एक लाख ५० हजार बराबरको सामान क्षति भएको पथरीशनिश्चरे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए । राई परिवारले सोही पसलबाट हुने कमाइले घरपरिवार चलाउँदै आएको थियो ।
पसलमा राति कसरी आगो लाग्यो भन्ने कुरा खुल्न नसकेको शिविरका सचिव चम्पासिंह राईले जानकारी दिए । आगो आधा घण्टापछि दमकबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु