स्थानीयले कलंकी–सोल्टीमोड सडक बन्द गरे

२०७५ कार्तिक २९ गते, बिहीबार

काठमाडौँ, २९ कात्तिक । स्थानीयले आज काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड एक घण्टा बन्द गराएका छन् । धुवाँधुलो र खाल्डा–खुल्डीसहितको प्रदुषणले आक्रान्त बनाएको भन्दै उक्त सडक बन्द गराएको स्थानीयको भनाइ छ ।सडक विस्तारको नाममा जनस्वास्थ्यमा अति खेलबाड गरिएको, समयमै काम पूरा नगरेको, व्यापार–व्यवसाय चौपट भएको र आवागमन प्रभावित हुँदासमेत सरकारले ध्यान नदिएको भन्दै स्थानीयले एक घण्टा सडक बन्द गराएका हुन् । सडकबाट हुने प्रदुषणका कारण मारमा पर्दा पनि व्यवस्थापनमा चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन् । सडक खाल्डो पार्ने तर पुनर्निर्माण नगर्ने प्रबृत्तिका कारण सवारी दुर्घटनामा परेर धेरैको ज्यान जाने अवस्था आएपछि निर्माणमा ढिलाइ नगर्न सरकारलाई दवाव दिन सडक बन्द गर्नु परेको स्थानीयको भनाइ छ । स्थानीयले सडक व्यवस्थापनका लागि पटक–पटक भएको सम्झौता काठमाडौं महानगरपालिकाले कार्यान्वयन नगरेको गुनासो पनि गरेका छन् । तत्काल सुधार नभए सो सडकखण्ड अनिश्चतकालसम्म बन्द गर्ने स्थानीयको चेतावनी छ ।

प्रतिक्रियाहरु