बस दुर्घटना , २४ घाइते, ६ को अवस्था गम्भीर

२०७५ भाद्र २८ गते, बिहीबार

काठमाडौं, २८ भदौ । दार्चुलाबाट महेन्द्रनगरका आउँदै गरेको ना ५ ख ९११४ नम्बरको बस विहिवार विहान ३ बजेतिर डोटीको जोरायल गाउपालिका, २ को अठासी मोड भन्ने स्थानमा दुर्घटना हुदा २४ जना घाईते भएका छन । तिमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बस सल्लाको रुखमा अडकिएको अवस्थामा फेला परेको र यात्रुहरुलाई भिरबाट उद्धार गरि उपचारका लागि अत्तरीयाको पदमा अस्पताल पठाईएको डोटीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक लाल बहादुर धामीले जानकारी दिए । बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस सडकबाट करिव एक सय मिटर तल खसको थियो । बसका चालकसहित सवै घाईते भएका हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु