गैरकानुनी आप्रवासी नियन्त्रणमा इटलीको जोड

२०७५ असार ८ गते, शुक्रबार

काठमाडौं, ८ असार । इटलीले युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ । सीमामा कडाइ गर्न तथा गैरयुरोपेली आप्रवासीहरूको प्रवाह रोक्नका लागि १० ईयू सदस्य राष्ट्रका नेताहरू आफ्ना योजना तय गर्न आगामी आइतबार ब्रसेल्समा भेला हुँदैछन् । लिबियाको अस्तव्यस्तता र हिंसाका कारण भागेका अधिकांश अफ्रिकी आप्रवासीहरूका लागि इटली अहिले मुख्य आगमनविन्दु बनेको हो ।
इटलीको नयाँ गठबन्धन सरकारले कागजात नभएका पाँच लाख आप्रवासीहरूलाई फिर्ता पठाउन चाहेको छ । इटलीका प्रधामन्त्री जुजेपे कोन्टेले एउटा ईयू देशबाट अर्कोमा आप्रवासीहरूलाई सार्नुभन्दा तिनको आगमनको प्रवाह रोक्न जोड दिएका छन् । आप्रवासीमध्ये सिरियाली युद्ध वा अन्य द्वन्द्वबाट भागेका शरणार्थीहरू छन् । तीसँग सामान्यतया शरण पाउने अधिकार छ । अघिल्लो हप्ता इटलीले ६ सय ६० जना आप्रवासी बोकेको एउटा जहाजलाई भित्रिन नदिएपछि उसको फ्रान्ससँग कूटनीतिक विवाद भएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु