काबुलमा आत्मघाती विस्फोट, २६ जना मारिए

२०७४ चैत्र ७ गते, बुधबार

काठमाडौं, ७ चैत । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा २६ जनाको मृत्यु भएको छ । विस्फोटमा परी अरु १८ जना घाइते भएका छन् । काबुलस्थित धार्मिकस्थलमा नयाँवर्षका अवसरमा आयोजित एक समारोहमा एक अज्ञात व्यक्ति प्रवेश गरी आत्मघाती विस्फोट गराएको जनाइएको छ । विस्फोटका कारण धार्मिकस्थलमा पार्किङमा राखिएका दर्जनौं सवारी–साधनमा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु