मुगावे पार्टीबाट बर्खास्त

२०७४ मंसिर ४ गते, सोमबार

काठमाडौं , ४ मंसिर । जिम्बाब्बेका राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरिएको छ । मुगाबेलाई राष्ट्रपति पदबाट राजीनामा दिन पनि एक दिनको समयसीमा दिइएको छ । जिम्बाब्बेमा मुगाबेविरुद्ध प्रदर्शन भएको भोलिपल्ट सत्तारुढ पार्टीले नेताबाट हटाउँदै राष्ट्रपति पदबाट राजीनामा दिन भनेको बीबीसीले लेखेको छ ।
पार्टीले पूर्व उपराष्ट्रपति इमर्सन मन्गावालाई नेताको रुपमा नियुक्त गरेको छ । मन्गावालाई राष्ट्रपति मुगावेले बरियता विवादमा दुई हप्ता अघि बर्खास्त गरेका थिए । उनले पत्नी ग्रेस मुगाबेलाई आफ्नो उत्तराधिकारी बनाउन उपराष्ट्रपति मनगावालाई बर्खास्त गरेको अनुमान छ । जानु पीएफले मुगाबे पत्नी ग्रेससहित केही नेताहरुलाई पनि पार्टीबाट हटाएको छ । गत हप्ता जिम्बाब्बेको सेनाले राष्ट्रपति मुगावेलाई नियन्त्रणमा लिएर राजधानी हरारेस्थित उनकै निवासमा नजरबन्दमा राखेको छ । यद्यपि उनले पद त्याग गर्न अस्वीकार गर्दै आएका छन् । सन् १९८० मा जिम्बाब्बे स्वतन्त्र भएदेखि मुगाबे निरन्तर सत्तामा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु