चार स्रष्टा सम्मानित

२०७३ श्रावण ९ गते, आईतवार

काठमाडौँ, ९ साउन । शनिबार राजधानीमा चार स्रष्टा पुरस्कृत एवम् सम्मानित भएका छन् । कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिकाको पाचौँ वार्षिकोत्सवको अवसरमा उनीहरू सम्मानित भएका हुन् । सम्मानित हुनेहरूमा अशोक कुँवर ‘नेत्र’, मेरिना स्मृति, पेशल आचार्य र दीक्षा खतिवडा रहेका छन् ।
कपन बानेश्वर राष्ट्रिय साप्ताहिकमा वर्षभरि प्रकाशित रचनाहरूमध्ये उनीहरूलाई भिन्न भिन्न विधामा सम्मान गरिएको आयोजकले जनाएको छ । कुँवर उत्कृष्ट रचना पुरुष, स्मृति उत्कृष्ट रचना महिला, आचार्य उत्कृष्ट रचना मोफसल र खतिवडा उत्कृष्ट रचना बाल साहित्य भएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता र प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर क्षत्रीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कबा राष्ट्रिय सम्मानबाट आजीवन सदस्यहरू शकुन्तला केसी, माधव लाल श्रेष्ठ, ढुन्डीराज पोखरेल, ओम प्रसाद कोइराला, डा. भागवत ढकाल, सीता ओझा, मुकुन्द न्यौपाने र विशेष सम्मानबाट नेत्र प्रसाद आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा करिव ४० जना स्रष्टाहरूले कविता वाचनसमेत गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु