महाकाली नदीको बाँध फुट्ने खतरा

२०७३ श्रावण ५ गते, बुधबार

काठमाडौ, ५ साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीको बाँध फुट्ने खतरा बढेको छ । दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट क्षेत्रमा पर्ने महाकाली नदीको तटबन्ध मङ्गलबार साँझ अचानक फुट्ने सम्भावना बढेपछि सोको रोकथामका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सक्रिय भएका छन् ।
त्यसैगरी, भत्किने सम्भावना रहेको तटबन्ध बनाउनका लागि सदरमुकाम भीमदत्तनगरस्थित भगतपुर ब्यारेकबाट नेपाली सेनाको टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ ।
तटबन्ध मंगलबार दिउँसोदेखि चर्किएको भए पनि अबेर साँझ अचानक फुट्न थालेको स्थानीयवासीले जानकारी दिएका छन् ।
‘दिउँसैदेखि सामान्यरुपमा तटबन्ध चर्किएको थियो,’ स्थानीय मोहनबहादुर सिंहले भने, ‘अहिले फुट्ने सम्भावना बढेपछि रोकथामको प्रयास भइरहेको छ ।’ तटबन्ध फुटे छेउछाउका बस्ती डुबान पर्ने त्रासमा स्थानीयवासी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले तटबन्धको केही जाली क्षतिग्रस्त हुन थालेपछि सोको नियन्त्रणमा सुरक्षा निकाय र स्थानीयवासी जुटेको जानकारी दिए ।
‘तटबन्ध फुटाइहाल्ने अवस्था छैन,’ उनले भने, ‘अहिले त्यहाँ तारजाली भर्ने काम भइरहेको छ ।’ उनले तटबन्ध फुट्ने सम्भावना न्यून रहेको बताए ।
उक्त स्थान महाकाली नदीमा रहेको झोलुङ्गे पुलभन्दा करिब ५०० मिटर उत्तरतर्फ रहेको छ । प्रहरीले महाकाली नदीमा पानी ७० हजार क्यूसेक मापन गरिएको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार