काठमाडौंमा बर्डफ्लु

२०७० बैशाख ३१ गते, मंगलवार


काठमाडौं,– काठमाडौंको मुलपानीस्थित अमर खड्काको कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण फेला परेको छ । नमूना परीक्षणका क्रममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि मंगलबार फाराममा रहेका १ हजार ४ सय भन्दा बढी कुखुरा नष्ट गरिएको छ । एक साताअघि टहरामा रहेका कुखुरा मर्न थालेपछि सो पोल्ट्री फार्मका कुखुरा धनी अमरले सम्बन्धित निकायमा परीक्षणका लागि नमूना उपलव्ध गराएका थिए । जिल्ला पशुसेवा कार्यालय काठमाडौंका प्रमुख बोलराज आचार्यले रिपोर्ट आएलगत्तै सोमबार रातिबाटै कुखुरा मार्न थालिएको बताए । ‘मंगलबार विहान सबै कुखुरा मारियो,’ आचार्यले भने । कुखुरा नष्ट गर्न गएको टोलीलाई कुखुरा धनी अमरले रोगको रिपार्ट मागेपछि केही समय अवरोध भएको थियो ।

प्रतिक्रियाहरु