गोर्स्याङमा पहिरो, पाँच जनाको मृत्यु

२०७२ भाद्र ११ गते, शुक्रबार

काठमाडौ, ११ भदौ । नुवाकोटको गोर्स्याङ गाविस–२ गएको पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । गोर्स्याङ गाविसस्थित ढुंगाखानीमा गएराति पहिरो जाँदा दुईवटा घर पुरिएका छन् । ती घरमा कति जना थिए भन्ने अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले पहिरोमा परी पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनास्थलमा पाँच वटा शव फेला परेका छन् । मृतकको सनाखत हुनसकेको छैन ।
घटनास्थलमा प्रहरी र स्थानीयबासिन्दाले उद्धारको प्रयास गरिरहेको भए पनि पहिरो गइरहेका कारण उद्धारमा कठिनाई भएको छ । पहिरोमा पुरिएका ६ जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए । पहिरोमा पुरिएकाहरुको उद्दारका लागि प्रहरीको थप टोली घटनास्थलतर्फ गएको छ ।
यसैबीच गएराति नै नुवाकोटको सामरी गाविस–७ मा पनि पहिरो गएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु