बस जुध्दा ९ जनाको मृत्यु

२०७१ कार्तिक १५ गते, शनिबार


काठमाडौं । मकवानपुरको बसामाडीमा शनिबार विहान दुईवटा यात्रु बस जुध्दा ९ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन ।काठमाडौंबाट विराटनगरका लागि छुटेको ना ४ ख ५४४८ नम्बरको बस र इलामबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४८४१ नम्बर बस विहान सवा २ बजे बसामाडी २ बस्तीपुरमा ठोक्किएका हुन ।
दुर्घटनामा ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हैटौंडाबाट उज्यालो सहकर्मी हरी हुमागाईले जनाएका छन ।ज्यान जानेमा ६ जना महिला र ३ जना पुरुष रहेका प्रहरीले जनाएको छ । ज्यान जानेको नाम ठेगाना खुलेको छैन ।घाइते ३० जना मध्ये २८ जनाको चितवनको भरतपुरमा र २ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरु