असोज १ गतेदेखि विशेष सुरक्षा व्यवस्था

२०७१ भाद्र २८ गते, शनिबार


काठमाडौ, २८ भदौ ।सरकारले चाडपर्व लाई लक्षित गरी असोज १ गते देखि विशेष सुरुक्षा योजना लागू गर्ने तयारी गरेको छ । त्यसकालागि काठमाडौ उपत्यका सहित सवै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकिएको गृहमन्त्रालयले जनाएको छ । हरेक वर्ष चाडवाडको समय नजिकिँदै गर्दा चोरी र लुटपाटको घटनावृद्धि हुने भएकाले त्यस्ता घटनाहरू नघटोस् भनेर सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरिएको हो । चाडवाडको समयमा डेरामा बस्ने मानिसहरू डेरा छाडी घर जाने भएकाले त्यस समयमा विशेष चोरीका घटना हुने गर्दछ । सुरक्षाको क्रममा पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन हुनेछन् । विशेष किसिमको सुरक्षा व्यवस्था छठपर्व सम्म जारी रहने छ ।

प्रतिक्रियाहरु