एनसेल सापटीका नाममा लाखौंलाख ठग्दै

२०७१ भाद्र ७ गते, शनिबार

काठमाडौँ । तपाईं मोबाइलमा एनसेलको सिम प्रयोग गर्नु हुन्छ – त्यसो भए तपाईं पटक-पटक एनसेलबाट ठगिइसक्नु भयो । एनसेलको ठग्ने तरिका पनि बुझनै नसक्ने, थाहै नपाउने छ । ‘एनसेल नेपालकै लागि’ भन्ने आकर्ष नाराले घर, भित्ता, बाटोघाटो पुल सबैतिर छ्याप्पै छोपेपछि त यसले झुक्याएको र थाङ्नामा सुताएको तपाई हामीले शङ्कै गर्न नसकिने भएको छ । तर अहिले अधिवक्ता मोहन शासङ्करले २० रूपैयाँ सापट दिएर २ रूपैयाँ ५८ पैसा ब्याज असुल्ने एनसेलको लुटविरुद्ध र्सवाेच्चमा उजुरी हाले र यसको ठगीधन्दा र्सार्वजनिक हुन पाएकोछ । डाटा सेन्टरबाट महत्वपर्ूण्ा फोन वार्ताहरूको टेप रेकर्डिङ्ग गरी विभिन्न खुफिया एजेन्सीहरूलाई बेच्ने गरेको, आफ्ना ग्राहकहरूको एकाउन्टबाट सुटुक्कै रकम काट्ने गरेको जस्ता आरोपहरू व्यापक रूपमा लागिरहेका बेला एक वर्षघिदेखि ‘एनसेल सापटी’का नाममा लाखौंलाख ग्राहकहरूबाट गैरकानुनी रूपमा सापटीमा समेत ब्याज असुली गरिरहेको तथ्यसहितको उजुरी अदालतसम्म पुगेको छ । यस सम्बन्धमा न्यायधीश कल्याण श्रेष्ठको इजालसले यस प्रकारको वित्तिय कारोबार गर्ने, सापट दिने र ब्याज असुल्ने जस्ता कार्यहरू गर्नु पछाडिको कारण लिखित रूपमा पेश गर्न एनसेलको नाममा कारण देखाउ आदेश जारी गरेको छ । एनसेलले टेलिकम क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो कम्पनी बनेको दाबी गरिरहेकै बेला नेपालकै सबैभन्दा भ्रष्ट कम्पनीको उपाधि समेत पाउने लगभग निश्चित झैं देखिन्छ । नेपालभित्र एनसेलले आफूविरुद्ध आउनसक्ने सबै निकाय र व्यक्तिहरूको मुखमा बुझो लगाए पनि स्वीडेनको एउटा चर्चित पत्रिका ‘भेकान्स अफेय’ र केही टेलिभिजनहरूले एनसेलले नेपालमा गरेको भ्रष्टाचारबारे विस्तृत रूपमा विवरण र्सार्वजनिक गरिसकेको छ । नेपालमा र्सवप्रथम स्पाइस नेपाल कम्पनीका नाममा मेरो मोबाइलबाट व्यापार सुरु गरेकोमा हाल त्यसले एनसेल नाम पाएको छ । र, सुरुवातदेखि नै यो अपारदर्शी ढङ्गले एकबाट अर्काेमा स्वामित्व हस्तान्तरण हुँदै आइरहेको छ । सुरुमा राजेन्द्र खेतान ग्रुप र भारतको मोदी ग्रुपले मोबाइल सेवा सञ्चालन गर्ने गरी लाइसेन्स प्राप्त गरेका थिए । तर, त्यसले सेवा सञ्चालन भने चार वर्षछि मात्र सुरु गर्यो । जुनबेला स्पाइसका मालिकका रूपमा तत्कालिन राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह देखा परे । मोदी र खेतान समुहले लिएको लाइसेन्स कसरी राजग्रुपको हातमा पुग्यो त्यसबारे अहिलेसम्म कसैलाई केही जानकारी छैन । जानकारी होस् पनि कसरी न त स्वामित्व हस्तान्तरणको विवरण कम्पनी रजिस्ट्रार कार्यालयमा छ, न टेलिकम नियामक संस्था दूरसंचार प्राधिकरणमा नै यसबारे कुनै कागजात छ । पछि स्वीडेन र फिनल्यान्डको संयुक्त लगानी रहेको टेलियासोनेराले राजबहादुर सिंहबाट ४ अर्ब २० करोडमा यो खरिद गर्यो र यसको नाम पनि मेरो मोबाइलबाट फेरेर एनसेल बनाइयो । तर, यो कारोबारको खुलासा कहीं कतै भएन । त्यत्रो कारोबार हुँदा राज्यले कुनै राजस्व पाएन । राज ग्रुपबाट टेलियासोनेरामा स्वामित्व पुग्दा पनि सोझो तरिका अपनाइएको थिएन । बीचमा क्यारेबियन र साइप्रसका विभिन्न नाम मात्रका कम्पनीहरूले त्यसमा आफ्नो स्वामित्व देखाए । रेनोल्डस् होल्डिङ लिमिटेड, दाल्टो ट्रेड लिमिटेड जस्ता धेरै कम्पनीहरूको सेयर खरिद-बिक्री र थपघट भयो । अहिले नेपाली लगानीकर्ताको कम्तीमा २० प्रतिशत हिस्सा रहेकै हुनुपर्ने कानुनी बाध्यतालाई सम्बोधन गर्नका लागि मात्र सिनर्जी नेपालको नाममा केही नेपाली व्यापारीहरूको समूहलाई यसमा सहभागी गराइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु