वेस्ट इन्डिज ‘ए’ टिम नेपाल आउँदै

२०८० चैत्र २७ गते, मंगलवार


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ‘ए’ टिम नेपाल भ्रमणमा आउने भएको छ । वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ । यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।
हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारी मा रहेको छ ।

यसैबीच , टेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएकोछ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ ।
वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । नेपालले टी-२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

प्रतिक्रियाहरु