पर्यटन बोर्डको सीईओका लागि आवेदन माग

२०८० चैत्र २४ गते, शनिबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले आज एक सूचना प्रकाशित गर्दै रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन माग गरेको छ । इच्छुक प्रतिस्पर्धीलाई १२ दिनभित्र आवेदन दिन समय उपलब्ध गराइएको छ । पूर्वसीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । सीईओ पदको कार्यकाल चार वर्षको हुन्छ । यस पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु