युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा जया सी

२०८० चैत्र १६ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल कञ्चनपुरको दोस्रो जिल्ला सम्मेलनले जया सीको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनले उपाध्यक्षमा निर्मला सी, सचिवमा सन्देश सी, सहसचिवमा महेश सी, रविना सी, राजु सी तथा कोषाध्यक्षमा राजेश सी लगायत २५ सदस्यीय जिल्ला समेत चयन गरेको छ ।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सीले अबको वैकल्पिक राजनीतिक व्यवस्था एकीकृत जनक्रान्ति मार्फत स्थापना हुने वैज्ञानिक समाजवाद रहेको बताए । उनले जनताका मर्म र भावना विपरीत चलिरहेको दलाल संसदीय व्यवस्थाको जनताको सत्ता वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै देशको बेथिति विसंगति अन्त्य गर्न युवा संगठन हरेक क्षेत्रमा खडा हुने बताए ।उनले भने- “हाम्रो संगठनको धनगढीमा हुने ५ औं राष्ट्रिय सम्मेलन सम्पन्न सबैले तयारीमा लाग्नु पर्नेछ त्यसको तयारी जुटौं ।”
त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका अथिति विराट सीले वर्तमान सत्ता र व्यवस्थाले जनताको हक र अधिकार ग्यारेन्टी नगरेको बताउँदै जनताको भविष्य सुनिश्चित गर्न सबैले एक चोटी संघर्षको मोर्चामा होमिनु पर्ने बताए । उनले भने -‘हामी हिंसा चाहेर होइन शान्तिपूर्ण ढंगले सबैसंग छलफल र बहस मार्फत यो संकटको निकास दिन चाहन्छौं त्यसको लागि हाम्रो पार्टी तयार छ । ‘
त्यस्तै नेकपा केन्द्रीय सदस्य अर्जुन सीले विद्यामान राज्यका विभिन्न निकायमा देखिएका बेथिति, विकृति, भ्रष्टाचार ,अनियमितता लगायतका विषयमा युवा संगठनले निर्मम भएर लाग्नुपर्नेमा जोड दिए ।
भरत सी को अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अथिति नेकपा केन्द्रिय सदस्य तथा युवा संगठन उपाध्यक्ष दिनेश सी, अथितिहरुमा नेकपा केन्द्रिय सदस्यद्वय विराट सी, अर्जुन सी, युवा संगठन महाकाली ब्युरोका इन्चार्ज हर्क सी लगायत अन्य जबस् मोर्चाका केन्द्रीय तथा ब्युरो स्तरीय नेता कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार