सत्तागठबन्धनका पाँच दलबीच सातबुँदे सहमति

२०८० फाल्गुन ३० गते, बुधबार


काठमाडौँ । सत्तागठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र ,नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच सातबुँदे सहमति भएको छ । सो सहमतिपत्रमा पाँच दलको सहभागितामा बनेको प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पुनर्गठित सरकारलाई सुदृढ र सफल पार्ने, राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक नयाँ दलसँग संवाद गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिका आधारमा अविलम्ब टुंग्याउने निर्णय भएकाे छ।
यसअघि चार दलबीच भएको आठबुँदे सहमतिपत्रमा राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख भए पनि नयाँ सहमतिपत्र उपाध्यक्षबारे मौन देखिएको छ।

प्रतिक्रियाहरु