नेकपाका महासचिव विप्लव सीद्वारा लघुवित्त पीडितलाई राहत वितरण

२०८० फाल्गुन २० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आन्दाेलनरत लघुवित्त पीडितहरुलाई राहत वितरण गरेका छन् । महासचिव विप्लव सीले देशका विभिन्न भागबाट पैदल-यात्रा गर्दै काठमाडौं आएका लघुवित्त पीडितलाई नेकपाले उत्पादन गरेको १५० केजी चामल र ५० केजी आलु प्रदान गरेका हुन् । उनले काठमाडौँको गाैशालामा खुला आकाशमा रातदिन धर्ना बसिरहेका पीडितलाई राहत वितरण गर्दै आफ्नाे पार्टी पीडित आन्दाेलनरतकाे पक्षमा रहेको बताएका थिए ।


समाजवादी माेर्चाका संयाेजकसमेत रहेका महासचिव विप्लव सीले केही दिन अघि समाजवादी माेर्चाकाे तर्फबाट विज्ञप्ति जारी गर्दै लघुवित्त र मिटरब्याज पीडितको माग पूरा गर्न सरकारकाे ध्यानाकर्षणसमेत गराएका थिए । साे राहत वितरणमा पार्टी पिबिएम आजाद सीलगायतका नेताहरू उपस्थित थिए ।

प्रतिक्रियाहरु