युवा संगठन नेपाल पूर्वी अछामको अध्यक्षमा गोकुल सी

२०८० फाल्गुन २० गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल पूर्वी अछामको अध्यक्षमा गोकुल सी निर्वाचित भएका छन् । आज सम्पन्न जिल्लाको चौथो सम्मेलनबाट गोकुल सी दोश्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । अछामको कमलबजारमा सम्पन्न सम्मेलनले १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष देवेन्द्र सी, सर्प रावल, सचिव भरत सुनार , सह- सचिव रुपेश राना, चन्द्रा जैसी, कोषाध्यक्ष हेमन्ता शाही रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सी, विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सी, अतिथि नेकपा पूर्वी अछामका जिल्ला सचिव चट्टान सी, जिल्ला समिति सदस्य तिलक सी, सुमन सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज कुमार सी, अखिल (समाजवादी) का केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज दिपेन्द्र सी, अखिल नेपाल किसान सुदुरश्चिम संयोजक प्रदीप सी, जिल्ला सल्लाहकार समिति सदस्य किरण सी, अखिल (समाजवादी) का कैलाली जिल्ला अध्यक्ष कम्लेस सी, अछाम जिल्ला अध्यक्ष कमला सी अतिथि रहेका थिए । – कमल विश्वकर्मा

गोकुल सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एकेन्द्र सीले गरेका थिए ।

प्रतिक्रियाहरु