सुरक्षित इन्टरनेट दिवस मनाइँदै

२०८० माघ २३ गते, मंगलवार

काठमाडौँ । आज फेब्रुअरी ६ अर्थात सुरक्षित इन्टरनेट दिवस। यो दिवस नेपालसहित विश्वका एक सय सत्तरी वटाभन्दा धेरै देशमा मनाइँदैछ । राम्रो र सुरक्षित इन्टरनेटको लागि साथ साथै नाराकासाथ दिवस मनाउन लागिएको हो । दिवसका अबसरमा सरकार, नीति निर्माता, निजी क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आ–आफ्ना जिम्मेवारी निर्वाह गर्न गराउन पैरवी लगायतका कार्यक्रम हुँदैछन । नेपालमा सन् २०१९ देखि दिवस मनाउन थालिएको हो । एक अध्ययनअनुसार नेपालमा पाँचजनामा एकजना बालिका र दशजनामा एकजना बालक अनलाइन यौन दुर्व्यवहारमा पर्ने गरेका छन् । इन्टरनेटवाट बालबालिकालाई अनलाइन सुरक्षाबारे ज्ञान नभएकोले उनीहरू अनलाइन दुव्र्यवहार र शोषण, साइबर बुलिङ्ग, फिसिङ्गजस्ता गम्भीर जोखिम हुने गरेका छन । अज्ञात स्रोतबाट आएका ईमेलका अट्याचमेन्टहरु नखोल्न, व्यक्तिगत वा वित्तीय विवरण माग्ने ईमेललाई प्रतिक्रिया नदिन तथा समस्या भएमा सुरक्षाकर्मीलाई खबर गर्न विज्ञको सुझाव छ ।

प्रतिक्रियाहरु