संसदवादी दलले नेपाल कम्युनिस्ट पार्टीबाट सिक्नु पर्ने पाठ

२०८० मंसिर ३ गते, आईतवार


गत कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले झन्डै १५० जनाको ज्यान लिएको छ भने त्यतिकै सख्यालाई घाइते बनाएको छ । भूकम्पबाट प्रभावित जाजरकोट, पश्चिम रुकुम र सल्यानलगायतका सबै ठाउँमा राहत सामग्री वितरण, भग्नावशेष हटाउने, सरसफाई, सुरक्षा गस्ती र खोज कार्य जुन गतिमा हुनुपर्ने सो हुन नसकेको यथार्थता सबैसामु छर्लङ्गै छ । भूकम्प गएको साता दिन बितिसक्दासमेत अहिलेसम्म भूकम्प पीडितहरुहरु सबैले सामान्य राहतसमेत पाउन सकेका छैनन् । राहतको ओइरो लागिरहेको छ तर सो राहत पीडितसम्म पुग्न सकेको छैन । राहत सामग्रीबीच बाटोमै लुटिएको समाचारहरु पनि आइरहेको छ । सरकारले नै सबै पीडितलाई समयमै राहत पु¥याउनुपर्ने हो । तर, सरकारका कतिपय कमीकमजोरीका कारण त्यसो हुन सकिरहेको छैन ।
सरकारले समयमै उद्धार र राहतको काम नगरेको गुनासो चौतर्फी रुपमा आइरहेको छ । यस्तो प्राकृतिक विपत्तिको समयमा देशका ठूला दल र राष्ट्र हाँक्ने ठेक्का लिएको डङ्का पिट्ने दलहरुसमेत कानमा तेल हालेर बसे, मानौँ जनताप्रति उनीहरुको कुनै जवाफदेहिता नै छैन । जनता आहत भएको समयमा आपूmलाई जनताको पहरेदार भन्ने दलहरु सरकारले यसो गरेन, उसो गरेन भनेर दन्तबझान्मा सीमित रहे । तर, नेपाल कम्युनिस्ट पार्टी भने यो परिस्थितिमा भिन्न ढंगले जनताको पक्षमा उभियो । भूकम्प गएको दिनदेखि नै नेपाल कम्युनिस्ट पार्टीले उद्धारका लागि आफ्नो कार्यकर्ता ठाउँठाउँमा खटायो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र केन्द्रीय नेताहरु भूकम्प पीडितको सहयोगार्थ रक्तदान, सरसफाई र पीडितलाई अस्थायी बासस्थान बनाउन भौतिक रुपले नै संलग्न भए । जनताको दुःखमा साथ दिँदै जनताको काँधमा काँध मिलाई उनीहरुलाई सुरक्षित राख्न अहोरात्र खटिएर ज्यादै प्रशंसनीय कार्य गरे । आपूmलाई ठूलो दल भन्ने र राजनेता भन्नेहरु प्राडो, पजेरो र हेलिकप्टरमा घुम्दै जनताको दुःखमा राजनीति गर्नेहरुले भने नेपाल कम्युनिस्ट पार्टीको यो कार्यबाट केही सिक्नु जरुरी छ ।
जनतालाई सधैँ आफ्नो राजनीति सफल बनाउन जाल बुन्ने संसद्वादी दल र नेताहरुले पक्कै पनि अब लाज मान्नुपर्ने बेला आएको छ । यदि आपूmलाई ठूलो दल र राजनेता ठान्ने हो भने अब जनतासामु जान नहिचकिचाई, जनताको साथमा रहेर जनताको दुःखमा मलम लगाउने काममा तुरुन्त लाग अनि मात्र जनताले ठूलो दल र राजनेता बनाउने छन् । अन्यथा के हुन्छ त्यो भनिरहन पर्दैन, चेतना भया ।

प्रतिक्रियाहरु