फिफा विश्वकप फुटबलको छनौट : नेपाल युएईसँग पराजित

२०८० मंसिर १ गते, शुक्रबार


काठमाडौँ । फिफा विश्वकप फुटबलको छनौट खेलमा नेपाल युएईसंग पराजित भएको छ । विश्वकप फुटबलका लागि एसियाली क्षेत्रको दोस्रो चरणको छनौटमा नेपाललाई युएईले ४–० ले हराएको हो । गएराति दुबईमा भएको खेलमा युएईले पहिलो हाफमै चार गोल गरेको थियो । युएईका लागि अली माब्खोउटले दुई गोल गर्दा खालिफा अल हमादी र फाबियो लिमाले एक एक गोल गरे । पहिलो चरणको खेलमा लाओसलाई हराउँदै नेपाल विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश गरेको थियो ।
दोस्रो चरणमा नेपालको समुहमा युएई, बहराइन र यमन रहेका छन् । दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले समुहको दोस्रो खेलमा यही मंसिर ५ मा गते यमनसँग काठमाडौंमा खेल्नेछ ।

प्रतिक्रियाहरु