राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ कप्तानमा इन्दु बर्मा

२०८० कार्तिक २४ गते, शुक्रबार


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान परिवर्तन गरेको छ । क्यानले इन्दु बर्मालाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ, यसअघि राष्ट्रिय महिला टोलीको कप्तानी रुविना क्षेत्रीले गर्दै आएकी थिइन् । रुविना टिममा परे पनि हङकङमा आयोजना हुने टी-२० सिरिजको कप्तानी इन्दुले गर्ने क्यानले जानकारी दिएको छ ।
त्यस्तै टोलीमा उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कन्चन श्रेष्ठ, सोमु विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन् ।
हङकङको आयोजनामा नोभेम्बर १५ देखि १९ सम्म हुने चार देशीय टी-२० सिरिज खेल्न टोली त्यसतर्फ प्रस्थान गर्नेछ । नेपालले कात्तिक २९ गते तान्जानिया, कार्तिक ३० गते हङकङ र मंसिर २ मा जापानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ मा हुनेछ ।

प्रतिक्रियाहरु