विश्वकप क्रिकेट: पाकिस्तानद्वारा बंगलादेश पराजित

२०८० कार्तिक १५ गते, बुधबार


काठमाडौँ । भारतको कोलकातामा गएराति भएको एक दिवसीय विश्वकप क्रिकेट खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ । पहिले व्याटिङ गरेको बंगलादेशले ४५ ओभर १ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो । उसका लागि महमदुल्लाहले ५६ रन जोड्दा पाकिस्तानका शाहिन साह अफ्रिदी र मोहोमल वसिमले तिन तिन विकेट लिए । जवाफमा २ सय ५ रनको लक्ष्य पाकिस्तानले ३३ औं ओभरमा तिन विकेट गुमाएर पुरा ग-यो ।
पाकिस्तानको जितमा सरुवाती व्याटरहरु फखर जमानको ८१ रन तथा अब्दुल्लाह शफिकको ६८ रन महत्वपूर्ण रह्यो । जितसँगै ७ खेलबाट ६ अंक जोडेको पाकिस्तान अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शिर्ष स्थानको भारतको १२ अंक छ भने १० अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।
न्युजिल्याण्ड र अष्ट्रेलियाको समान ८–८ अंक छ । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्नेछन् । तालिकाको दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र तेस्रो स्थानको न्युजिल्याण्ड बिचको खेल मुम्बईमा दिउसो सवा दुई बजे सुरु हुनेछ ।

प्रतिक्रियाहरु