युएफा च्याम्पियन्स लिग : क्वाटरफाइनल खेल सुरू

२०७९ चैत्र २८ गते, मंगलवार

काठमाडौँ। युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु आजबाट सुरू हुँदैछ। क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै म्यानचेस्टर सिटी र जर्मनीको बायर्न म्युनिख बिच प्रतिस्पर्धा हुनेछ।
क्वाटरफाइनलका बाँकी दुई खेलहरू भने बुधबार राति हुनेछन्। जसअनुसार इटालीको मिलान दुई इटालीयन टोली एसी मिलान र नापोली भिडने छ भने स्पेनको खेल मैदानमा रियल मड्रिड र चेल्सी एक अर्का बिरुद्ध मैदानमा उत्रनेछन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु