बत्तिसपुतलीमा ग्याङफाइट: धिमालको हत्या

२०८१ बैशाख ३० गते, आईतवार


काठमाडौँ । काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ भएको ग्याङफाइटमा एक युवकको हत्या भएको छ। मोरङ घर भई बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको कुमारी टोलमा हत्या भएको हो । दुई समूहबीच झडप भएको थियो । आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी लगिएपनि पछि मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले जानकारी दिए। प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।उनका अनुसार घटना आपसी विवादको कारण हुन सक्छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको छ ।

प्रतिक्रियाहरु