लुम्बिनीमा पीस हाफ म्याराथन सुरू

२०७९ चैत्र २३ गते, बिहीबार


काठमाडौँ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र संवृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिता मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको हो। प्रतियोगितामा देश भरका २ हजार ५ सय ५० महिलापुरुष खेलाडी मैदानमा उत्रिएका छन्। पुर्व प्रधानमन्त्री केपी एमाले अध्यक्ष लुम्बिनीमा शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्र बहादुर घले बिमला राना र मोहन घलेलाइ दिएर प्रतियोगिता सुरु गरेका हुन्। उनी एकेडेमीका संरक्षक पनि हुन्। मायादेवी मन्दिर अगाडिबात्त सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दुरी पुरा गर्ने छन्।
प्रतियोगितामा महिलापुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने छ। प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन्। दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु