विश्वकप क्रिकेट : इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै

२०७८ कार्तिक २४ गते, बुधबार

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज हुँदै छ।​ अबुधाबीमा हुने पहिलो सेमिफाइनलमा इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दैछन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टु को उप-विजेताको हो।
न्यूजिल्याण्डले भने समूह चरणमा पाकिस्तानसँग पराजित बनेपनि बाँकी टिमलाई हराएको थियो। इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप जितिसकेको छ । तर न्यूजिल्याण्डले यो सफलता हात पार्न सकेको छैन।​ इङ्ल्याण्डले यस प्रतियोगितामा ५ खेल खेलेको छ। जसमा उसले ४ मा जित र १ मा हार ब्यहोरेको छ। न्यूजिल्याण्डले समेत ५ मध्ये ४ मा जित र १ मा हार ब्यहोरेको छ। टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु