अखिल (क्रान्तिकारी) नवलपरासीको संयोजकमा सापकोटा

२०७८ भाद्र २९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) नवलपरासीको बिस्तारित बैठकले सन्देश सापकोटाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ । बिस्तारित बैंठकमा प्रमुख अतिथि नेकपाका नवलपरासी जिल्ला सेक्रेटरी धीरज, विशेष अतिथि संगठनका लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक एवं २२ औं राष्ट्रिय सम्मेलन सदस्य विरेन्द्र विक, नेकपाका जिल्ला सदस्य एवं बर्दघाट इन्जार्च प्रताप, सरावल इन्चार्ज अनिल, जनपत्रकार संगठनका प्रदीप पाठक लगायत विद्यार्थी नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।नेकपाका नवलपरासी जिल्ला सेक्रेटरी धीरजले विद्यार्थी हरेक क्षेत्रमा सबल एवं ऐतिहासिक बन्नुपर्ने बताउदै विधार्थीलाई वैज्ञानिक समाजवादी शिक्षा र वैज्ञानिक समाजवादी राज्य व्यवस्थाबारे स्पष्ट पारेका थिए । उनले वैज्ञानिक समाजवादको नेतृत्वदायित्व भूमिका विद्यार्थीहरुको काँधमा आएकाले समाज र विद्यालयमा हुने विभेदकारी शिक्षाबारे विद्यार्थीलाई प्रस्ट पारेका थिए । संगठनका लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक एवं २२ औं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य विरेन्द्र विकले दलाल पुँजीवादी, अव्यवहारिक, अवैज्ञानिक शिक्षा प्रणालीको अन्त्य रवैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना अपरिहार्य भएको बताए ।नेकपा जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रतापले पार्टी आन्दोलनमा विद्यार्थी आन्दोलनबारे प्रशिक्षित पारेका थिए ।बिस्तारित बैठकको संचालन संगठनका संयोजक सन्देशले गरेका थिए ।अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन असोज ६, ७ र ८ गते पोखरामा हुने र सम्मेलनको सम्बोधन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु