जनगायक जेबी टुहुरेको निधन

२०७८ भाद्र १० गते, बिहीबार

काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को टुहुरेको ७८ वर्षको उमेरमा आज बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको छ । गत १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन सकेन । र, उपचारका क्रममा उनको बिहीबार निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु