मलेसियाका पूर्व प्रधानमन्त्री नजीब जेल चलान

२०७७ श्रावण १४ गते, बुधबार


काठमाडौं । मलेसियाको उच्च अदालतले ‘वान मलेसिया डेभलपमेन्ट बरहड’ परियोजनामा लाखौं अमेरिकी डलर भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै १२ बर्षको जेल सजायँ तोकेपछी पूर्व प्रधानमन्त्री नजीब रजाक जेल चलान भएका छन् । उच्च अदातलले उनलाई आपराधिक प्रयोजनका लागि बिश्वासघात गरेको, सम्पत्ती शुद्धिकरण तथा अख्तियार दुरुपयोग जस्ता अभियोगमा दोषी ठहर गरेको हो । नजिबले सो परियोजनाको कोषबाट १ करोड अमेरिकी डलर आफनो खातामा सारेको अदालतको ठहर छ । यद्दपी नजिबले भने आफुमाथिको अभियोग अस्विकार गर्दै आएका छन् ।
सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री रहँदा उक्त भ्रष्टाचार काण्ड सार्वजनिक भएपछी नजिबको सत्तारुढ पार्टी सन् २०१८ को अन्त्यमा भएको आमनिर्वाचनमा पराजित भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु