नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

२०७६ पुष २५ गते, शुक्रबार

काठमाडौं , २५ पुष । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई पक्राउ गरेको छ । गुजरातीलाई तीन किलोग्राम नक्कली सुनसहित आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सुन प्रतितोला २७ सयले घट्यो

२०८१ बैशाख १९ गते, बुधबार

डिजेल र मट्टीतेलको मूल्य घट्यो

२०८१ बैशाख १९ गते, बुधबार

नेप्से २५.९३ अंकले बढ्यो

२०८१ बैशाख १८ गते, मंगलवार