तपाईं आतंककारी हुदा कुन देशको नागरिक हुनुहुन्थ्यो कमरेड ?

२०७६ जेष्ठ १६ गते, बिहीबार

यतिबेला सदनदेखि सडकसम्म निकै चर्चा पाएको विषय हो केही दिन अगाडि काठमाडौमा प्राविधिक त्रुटी भै बम बिस्फोटनमा परि सहादत प्राप्त गर्ने चार महान योद्धाहरु लाई गृहमन्त्रीले सदनमा घटनाको जानकारी गराउदै गर्दा ती नागरिक होइनन् भनेर जानकारी गराएपछि सदनले बादलको सातो उडाउने गरि टीका टिप्पणी भएको थियो । नागरिक नभए आखिर उनिहरु को हुन त भनेर धेरै सांसद हरुले गृहमन्त्रीलाई प्रश्न समेत गरेका थिए ।अहिले यो विषयले सामाजिक संजाल तताएको छ भने गृहमन्त्रीको कडा आलोचना भएको छ ।
के जनताको पक्षमा संघर्ष आन्दोलन गर्दा जनताको पक्षमा बोल्दा राष्ट्रिय स्वाधीनताको पक्षमा बोल्दा जनताको मुक्ति लागि लडदा आतंककारी होइन्छ ? अनागरिक होइन्छ भने हिजो बादल आफै आतंककारीका नाइके थिए उनी त्यति बेला कुन देशका नागरिक थिए? त्यो नेपाली जनता आज जान्न चाहान्छन ।
वास्तविक रूपमा जनताको पक्षमा राष्ट्रको पक्षमा संघर्ष गर्ने बलिदान गर्ने मान्छेहरु अनागरिक हुन भन्नू बादलले गद्दारिको हद पार गर्नु हो, जस्को त्याग रगत पसिनाले आफू गृहमन्त्री भए तिनै आज धोखेबाज बादलको अगाडि अनागरिक भए ? बोल्नुको पनि सिमा र हद हुन्छ । देश जनताको मुक्ति र स्वाधीनताको निम्ति बलिदान गर्ने योद्धाहरु कदापि अनागरिक हुन सक्दैनन , हुदा पनि होइनन । हामी नेपाली हौ र हामीसंग नेपाली नागरिक्ता छ । सप्रमाण पुर्याएर हामीले वंशजको आधारमा नेपाली नागरिक्ता लिएको हो । बादलले जसरी आज विदेशीलाई नागरिक्ता बाढिरहेका छन हामीले त्यसरी नागरिक्ता लिएको पनि होइन। बरु भुपु बादल आज अनागरिक भएका छन ।
किन कि जस्ले यो देशको हित भन्दा बाहिर रहेर जनताको इच्छा र म्यान्डेट भन्दा बाहिर गएर बिदेशी दलालहरुको तलुवा चाटदै आफ्नु देशका नागरिक माथी चरम दमन गर्छ , त्यस्ता भ्रष्ट दलाल विदेशी एजेन्टहरु चाहि वास्तविक रूपमा नेपाली नागरिक हुन सक्दैनन् । ती र त्यस्ता भ्रष्ट शासक अर्थात जो सि आइ ए र रअ को एजेन्ट भन्दै नेपाली जनताको मुक्ति र स्वाधीनताको आन्दोलन दबाउन तल्लिन हुन्छन हो त्यस्ता राष्टघाती दलालहरु चै अनागरिक हुन्छन् ।
आज बादल यतिबेला यो देशको तथाकथित गृहमन्त्री भएका छन ।सायद त्यसैको उपज आज परिवर्तनकारी न्याय प्रेमी नागरिकलाई अनागरिक भन्दैछन । बास्तवमा आज उनी व्याबहारिक रूपमा नेपाली होइनन ।उनी त भारतवाट परिचालित छन । त्यसैले उनले तपाईं हामी आम नागरिकलाई अनागरिक भन्दैछन तर हामीलाई अनागरिक भन्ने अधिकार उनलाई कस्ले दियो ?आम नेपाली जनताले प्रश्न गरिरहेका छन ।
बादल आफै होइन हिजो प्रचण्ड लाल गद्दार भए यिनको महलमा बम हान्नु पर्छ भन्ने ? त्यति बेला पनि उनी कुन देशका नागरिक थिए त ? जसले हजारौं हजार बम पडकाउने निर्देशन दिए, हजारौं बम बिस्फोटनका जिम्मा लिए, १७ हजार मान्छेहरुको बलिदान गराए । अनि आज त्यस बलिदानबाट प्राप्त सम्पुर्ण उपलब्धि र अधिकारहरु प्रतिक्रियावादीलाई बेचेर आत्मसमर्पण गरेर भ्रष्ट दलाल सामु घुढा टेकेर सहिदको बलिदान र घाइतेको रगत बेपत्ता परिवारको आशुमा मोज मस्ती गर्दै हिडनेले कसरी नेपाली नागरिकलाई अनागरिक भन्ने हैसियत राख्यो ? त्यो अधिकार कहाँबाट कस्ले दियो यसको जवाफ दिनु पर्छ ।
फेरि हामी नेपाली नागरिक होइनौ भने हामी कुन देशका नागरिक हौ त प्रमाण सहित पुष्टि गर्नुपर्छ । यदि त्यसो गर्न सक्दैनन् भने जनताले कठालो समातेर यसको जवाफ जनताले अवश्य माग्नेछन । शासक भए भन्दैमा विदेशीको एजेन्ट भए गुलामी गरे भन्दैमा नेपाली जनतालाइ नेपाली होइनन् भन्ने दम कहाँबाट आयो ?
नेपाली जनतालाइ अनागरिक भन्दै भारतीयलाई नागरिक्ता बाड्ने गृहमन्त्री को यो हर्कत नेपाल र नेपाली सिध्याउने हर्कत हो भनेर अब हामीले शंका गर्नु पर्दैन, गतिलो प्रमाण यहि हो। उनी सिक्किमका लेण्डुप दोर्जे बन्ने सपना देख्दैछन ।यो आम नेपाली जनताले बुझेको कुरा हो ।
तसर्थ यस्ता लेण्डुपहरुलाइ हामीले सत्तामा राखी रहनु भनेको आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु हो । यस्तालाई गलत्याएर यो देशबाट लखेटेनु पर्छ र हामी नेपालीले अर्थात वास्तविक नागरिकले यो देश सन्चालन गर्नुपर्छ ।यो यथार्थलाई आम युवाहरु बुद्धिजीवी श्रमजीवी कलमजिवी सुरक्षा निकाय सम्पुर्ण उत्पीडित वर्ग, जाती ,क्षेत्र ,लिङ्गले एक ढिका भएर यस्ता अनागरिकहरुलाई सधैंको लागि अन्त्य गर्नुपर्छ र यो देश हामी स्वाभिमानी नेपाली नागरिकले सन्चालन गर्नु पर्छ । यदि समयमै हामीले यसो गर्न सकेनौ भने यिनिहरुले अरु हजारौं लाखौंलाई यसरी नै अनागरिक बनाउदै हत्या गर्ने छन ।यो कुरा हाम नेपाली नागरिकले गम्भीरतापर्ूवक मनन गरेर यी गद्दार र वास्तविक अनागरिकलाई सत्ताबाट कठालो समातेर जनताको अदालतमा उपस्थित गराएर उचित सजाय दिनु पर्छ ।यो आमसचेत नागरिकको जिम्मेवारी र कर्तव्य हो ।

प्रतिक्रियाहरु