ट्रम्पलाई चीनसँगको व्यापार युद्ध बन्द गर्न सुझाव

२०७६ जेष्ठ ८ गते, बुधबार

काठमाडौं, ८ जेठ । जुत्ता निर्माणको क्षेत्रका विश्वमै नाम कमाएका कम्पनीहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध बन्द गर्न सुझाव दिएका छन् । नाइकी र एडिडाससहितका १७० कम्पनीले जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने भन्दै समाधानको बाटो खोज्न राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका हुन् ।
कम्पनीका प्रतिनिधिहरुले हस्ताक्षर गरेको पत्रमा ट्रम्पले चिनियाँ सामानमाथिको आयात कर २५ प्रतिशतले बढाउने निर्णयको असर कामकाजी वर्गमा धेरै पर्ने उल्लेख गरिएको छ । उनीहरुले अहिलेको समय व्यापार युद्ध बन्द गर्ने बेला भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्तामात्रै चिनियाँ सामानको आयातमा लाग्ने कर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए । चीनले पनि आगामी जुन १ देखि लागू हुने गरी अमेरिकी सामानमाथिको आयात कर बढाउने घोषणा गरिसकेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु