विद्यालय भर्ना अभियान सुरु

२०७६ बैशाख २ गते, सोमबार

काठमाडौं , २ बैशाख । गतवर्षजस्तै यस वर्ष पनि शिक्षा मन्त्रालयले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऊँ’ भन्ने नाराका साथ आजबाट अभियानको शुभारम्भ गर्न लागेको छ । मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा घरदैलो अभियान सञ्चालन गरेर पढ्ने उमेर पुगेका सबै बालबालिकालाई स्कुल भर्ना गर्न आह्वान गर्दै छ । गतसाल बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना अभियान सुरु गरेका थिए । तर सो अभियानको समीक्षा गर्दा गत साल खासै प्रभावकारी देखएिन । अझै पनि उमेर पुगेका करिव ९१ हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ ।
स्थानीय, प्रदेश र संघीय सरकार गरी तीनै तहमा अभियान चलाएर विद्यालयबाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गराइने जनाइएको छ । गत वर्ष छुटेका र यस वर्ष थपिएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अभियान चलाइने भएको हो । गत वर्ष ६० हजारभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेकोमा यस वर्ष झनै बढेर यो संख्या ९१ हजार पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार