नापीका कर्मचारी घुससहित पक्राउ

२०७५ भाद्र १९ गते, मंगलवार

काठमाडौं, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ गरेको छ । लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।

प्रतिक्रियाहरु